२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादवले भने : ‘शितलहरका कारण मधेशमा दलित समुदाय पीडामा छन्’

अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहाय यादवले मधेशमा हाल शितलहरका कारण दलित समुदाय पीडामा रहेको बताएका छन् । राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्राकृतिक विपद्हरूमा दलित समुदाय सबैभन्दा बढी जोखिममा रहने गरेको उनको भनाइ छ । यसमा आयोग अभिभावकको भूमिकामा देखिनुपर्नेमा उनले जोड दिए । आयोग आफैँले सहयोग गर्न सक्ने अवस्थामा सहयोग गर्ने र गर्न नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ छ ।

सरकारको ध्यान पुग्न नसकेको स्थानहरूमा आयोगले तत्कालै सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनले बताए । तराई मधेशका दलितहरू अझै शिक्षा, स्वास्थ्य, राजनीतिक पहुँचको रेखाभन्दा बाहिर रहेको उनले बताए । उनीहरूलाई मूलधारमा ल्याउन आयोगले सक्रियता देखाउन जरुरी रहेको उनको भनाइ छ ।

स्वास्थ्य बीमा लगायतका कार्यक्रममा आर्थिक अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन नसकेको पनि उनले बताए ।

आयोगले यसका लागि जागरूकता अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले आयोगलाई दलितलक्षित सिपमूलक तथा रोजगारीमूलक कार्यक्रमहरू विपन्न क्षेत्र, बस्तीमा सञ्चालन गर्न सुझाव दिए ।

‘तराई मधेशका दलितहरू अझै शिक्षा, स्वास्थ्य, राजनीतिक आदीमा पहुँच रेखाभन्दा बाहिर सीमान्तकृत अवस्थामा रहेका छन् । तिनीहरूलाई मूलधारमा ल्याउन आयोगले थप सक्रियता देखाउन अति जरुरी छ । स्वास्थ्य बीमा कार्यक्रममा अर्थको अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन सकेका छैनन् । आयोगले यसका लागी जागरूकता अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्छ,’ उनले भने ।

उनले समाजमा अझै पनि विभिन्न कुरीति, विसंगति र भेदभावका अवशेषहरू रहेकोले त्यसलाई हटाउने चुनौतीहरू रहेको बताए ।

दलितदलित बीचमा पनि विभिन्न विभेद र छुवाछुतको अवस्था रहेको उनको भनाइ छ । यसलाई हटाउन आयोगले अग्रसरता देखाउनुपर्नेमा उनले जोड दिए ।

उनले आयोगले तयार पारेको रणनीतिक योजना २०८२/८७ तथा आयोगको उजुरी व्यवस्थापन प्रणालीलाई कार्यान्वयन गर्न पनि आग्रह गरे ।