काठमाडौँ । बढुवा समितिको सचिवालयले तीन जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार एक सूचना प्रकाशित गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा समितिको मंगलवारको निर्णयअनुसार नेपाल कृषि सेवा, एगृ. इको एण्ड मार्केटेंग समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत उम्मेदवार बद्री प्रसाद दाहाल, नेपाल कृषि सेवा, भेटेरिनरी समूह राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत डा. प्रज्ञा कोइराला र नेपाल वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेशन समूह अन्तर्गत राजु सापकोटालाई बढुवाका लागि सिफारिस गरिएको हो ।







