काठमाडौँ । नेपाल खुला विश्वविद्यालय अन्तर्गत गठित सिफारिस समितिले विश्वविद्यालयको रिक्त उपकुलपति र कुल सचिव पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वान गरेको छ।
समितिले आज सूचना प्रकाशित गर्दै इच्छुक र योग्य पुगेका उम्मेदवारहरूलाई नियुक्तिका लागि आवेदन आह्वान गरेको हो ।
सूचनामा उल्लेख भए अनुसार, उपकुलपतिका लागि नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा १८ को उपदफा (१) बमोजिम र कुल सचिवका लागि सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम नियुक्ति प्रक्रिया अघि बढाइएको छ। छनोट प्रक्रिया ‘नेपाल खुला विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८२’ अनुसार हुनेछ।
इच्छुक र योग्य व्यक्तिहरूले २०८२ पुस ३० गते कार्यालय समयभित्र आफ्नो आवेदन पेस गर्नुपर्नेछ।








