२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ’ : मुख्यमन्त्री यादव

अ+ अ-

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले मुख्यमन्त्रीको स्वागतमा लालगढमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले कृषिसम्बन्ध कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताए । 

“मधेसलाई समृद्ध बनाउन कृषिको आधुनिकीकरण आवश्यक छ”, मुख्यमन्त्री यादवले भने, “त्यसैले दुई वर्षभित्र सम्पन्न हुनेगरी सिँचाइसम्बन्धी आयोजना अघि बढेका छन् ।” सिँचाइसँगै आधुनिक कृषि प्रणाली अवलम्बन गर्न किसानलाई सहयोगका कार्यक्रम विस्तार गरिने उनले जानकारी दिए। 

मधेस कृषिका लागि उर्वर भए पनि खेतीपातीका लागि आवश्यक संसाधन नहुँदा किसानले अपेक्षित उत्पादन लिन नसकेका मुख्यमन्त्री यादवको ठम्याइ छ । अब प्रदेश सरकारको ध्यान कृषि संसाधन जुटाउँदै किसानलाई सहयोग गर्नेमा केन्द्रित हुने उनले बताए । 

सो अवसरमा मुख्यमन्त्री यादवले मधेसको शिक्षा र स्वास्थ्य अवस्था उक्साउन विशेष योजनाका साथ काममा लाग्न जरुरी रहेको उल्लेख गरे। यसैगरी प्रदेशकै मध्यमा पर्ने बर्दिबासबाट ढल्केबरसम्म पर्यटन पूर्वाधारका विशेष योजना बनाइने उनले जानकारी दिए। 

समारोहमा कार्यक्रम आयोजक महासंघ मधेस प्रदेश समितिले मुख्यमन्त्री यादवलाई सम्मान पत्र प्रदान गरेको छ । कार्यक्रम महासंघ मधेस प्रदेश अध्यक्ष हीरालाल गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।