२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१, किमाथांका नाकास्थित नेपाल-चीन सिमानामा रहेका सीमा स्तम्भको निरीक्षण गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुर अन्तर्गतको सीमा सुरक्षा पोष्ट बिओपि किमाथांका बिओपी, चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांका नाकामा रहेको नेपाल-चीन सिमानामा सीमा स्तम्भको निरीक्षण गरेको हो । उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ किमाथांका नाकामा चीनको स्वशासित क्षेत्र तिब्बत्सँगको सिमानापर्ने नेपाल-चीन सिमानाका चार वटा सीमा स्तम्भ निरीक्षण गरेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी किमाथांका, चिनीयाँ प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ अन्तर्गत रहेका चार वटा सीमा स्तम्भको निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलले जानकारी दिए ।

संयुक्त सुरक्षा टोलीले किमाथांका नाकामा रहेका ६७, ६८/२, ६९/१ र ६९/२ नम्बरको सीमा स्तम्भ र सीमाको अवस्था लगायतका विषयमा निरीक्षण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

संयुक्त टोलीले इलाकाको बस्तु स्थिति तथा सीमा चिन्हको अवस्थासमेत निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी किमाथांक इन्चार्ज नवीन खतिवडा नेतृत्वमा ११ जना, चीनको स्वशासित क्षेत्र तिब्बतका डिएसपी दावा छिरिङको कमाण्डमा सात जना र नेपाल प्रहरीका पाँच जनाको संयुक्त टोलीले विभिन्न सीमा स्तम्भको निरीक्षण गरेको छ । भोटखोला गाउँपालिकाका-१, २ र ३ सिधै चीनको भू-भागसँग जोडिएका छन् । सङ्खुवासभा जिल्लामा २१ वटा सीमा स्तम्भ रहेका छन् । किमाथांकामा नेपाल-चीनअन्तरराष्ट्रिय सीमा स्तम्भ निक्कै पुरानो भएको बताइएको छ ।

गत जेठमा आएको बाढीले ७१/१ को सीमा स्तम्भ बगाएर बेपत्ता बनाएको छ । किमाथांका नाकामा २०७६ मा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट बिओपी स्थापना भएको हो । भोटखोला-१ स्थित दोंगोप्पाखोला र छोकाङ खोलामा बाढीले बगाएको ७१/१ सिमास्तम्भ हालसम्म फेला परेको छैन । भोटखोला गाउँपालिका–१, २ र ३ छिमेकी चीनको भू-भागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ भने यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । किमाथांकावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । खाँदबारीदेखि किमाथांका एक सय ६२ किलोमिटरको दुरीमा पर्दछ ।