२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

अ+ अ-

ढोरपाटन(बागलुङ) । स्वास्थ्य सुविधालाई थप सहज बनाउन यहाँका ४९ स्वास्थ्य संस्थालाई लाखौँ मूल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरिएको छ । 

नेपाल गाजा डेपलभमेन्ट फाउन्डेसन र फेयरमेड फाउनडेसनका साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले जिल्ला सदरमुकामदेखि दूरदराजसम्मका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

परियोजनाले रु ११ लाख २६ हजार २०० को स्वास्थ्य सामग्री तथा फर्निचर उपलब्ध गराएको छ । काठेखोलाका तीन स्वास्थ्य संस्थामा रु दुई लाख ८० हजार ३९५, निसीखोलाका आठ स्वास्थ्य संस्थालाई रु एक लाख १८ हजार ७२९, ढोरपाटनका पाँच स्वास्थ्य संस्थालाई रु एक लाख २८ हजार ७१८, जैमिनी नगरपालिकाका चार वटा स्वास्थ्य संस्थालाई रु ५४ हजार १२७ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराएको परियोजनाका अनुगमन अधिकृत सुजन पौडेलले जानकारी दिए । 

त्यसैगरी, बडिगाडका गाउँपालिकाका आठ स्वास्थ्य संस्थालाई रु एक लाख ३२ हजार ३३४, बागलुङ नगरपालिकाका छ वटा स्वास्थ्य संस्थालाई रु एक लाख ९६ हजार ५७४, गलकोटका दुई स्वास्थ्य संस्थालाई रु ४६ हजार ६६९, ताराखोलाका चार वटा स्वास्थ्य संस्थालाई रु ६५ हजार ८२२, तमानखोलाका पाँच वटा स्वास्थ्य संस्थालाई ५९ हजार २१२ र बरेङ गाउँपालिकाका चार वटा स्वास्थ्य संस्थालाई रु ४३ हजार ६१८ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराइएको हो ।

परियोजनाले प्रसूति प्रतीक्षा घरसमेत निर्माण गरिदिएको छ । बिरामीका लागि स्पाइनल बोर्ड, स्ट्रेचर, व्हीलचियर, पेरिलाइट, इएनटी सेट, कलर बकेट, निडिल कटर, सर्जिकल ड्रम, रक्तचाप नाप्ने सेट, टाइमरलगायतका महत्त्वपूर्ण सामग्रीहरू उपलब्ध गराएको जनाइएको छ ।