२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री घिसिङको दाबी : ‘रोजगारी बढाउने गरी काम गर्छौँ’

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले इन्जिनियरिङ पेसालाई सम्मानित बनाउन तथा रोजगारी बढाउन ध्यान दिएर काम गर्ने बताएका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आज यहाँ आयोजित ‘मन्त्रीसँग इन्जिनियरका कुरा: पेसागत मुद्दा सम्बोधन’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री घिसिङले इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्नुपर्नेमा जोड दिँदै यसका लागि श्रम मन्त्रालयले नै व्यवस्थापन एवं निर्देश गर्नुपर्ने आवश्यकता रहेको बताए ।

“इन्जिनियरहरूका समस्या समाधान गर्न ध्यान दिन्छौँ, आर्थिक रूपान्तरणले नै इन्जिनियरहरूको रोजगारीमा प्रभाव पार्छ, निजी एवं सार्वजनिक संस्थानमा इन्जिनियरको धेरै माग छ, माग अनुसार पदपूर्ति नहुँदा काम गर्न समस्या भएको छ”, मन्त्री घिसिङले भने । कतिपय निजी कम्पनीले गैर प्राविधिक राखेर पनि काम गरिरहेको उल्लेख गर्दै उनले रोजगारी सिर्जनाका लागि नीतिगत व्यवस्था आवश्यक भएको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले इन्जिनियरका समस्या समाधान गर्न ऐन कानुन संशोधन गर्नेलगायतका काममा मन्त्रालयले सहजीकरण गर्ने बताए । 

सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपाली बजारमा दक्ष इन्जिनियरको माग अत्यधिक भएको तर आपूर्ति हुन नसेको बताए ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले इन्जिनियरिङ सेवासँग जोडिएका समस्या समाधान गर्न अन्तक्र्रियाबाट मद्दत पुगेको बताए । 

एसोसिएसनका महासचिव इन्जिनियर विनोदप्रकाश पण्डितले सरकारले ऐन कानुन संशोधन गरी विभिन्न तहका इन्जिनियरलाई समेट्ने गरी स्रोत र साधनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा इन्जिनियरहरू ठाकुरप्रसाद शर्मा, दीपकप्रसाद बास्तोला र जीवराज पोखरेल, एसोसिएसनका सह कोषाध्यक्ष इन्जिनियर कृष्णप्रसाद पोखरेललगायतले आ-आफ्नो धारणा राखे।