काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठमेलबाट सात चिनियाँलाई पक्राउ गरेको छ।
ठमेलको ज्याठास्थित चिनियाँ नागरिक लिउ पानले सञ्चालन गरेको लिउ पान होटेल एण्ड रेष्टुरेन्टमा छापा हानी सिआइबीले सात जना चिनियाँलाई पक्राउ गरेको हो।
कल बाइपासको अपराधमा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
भिओआइपीमा प्रयोग हुने सामानसहित सिआइबीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो।








