काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटलले आपतकालीन सेवाका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न बिहीबारदेखि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि काठमाडौँको रिङरोडभित्र मात्र लागू हुने जनाइएको छ ।
अस्पतालका अनुसार यो सेवा सातै दिन २४ सै घण्टा सञ्चालन हुने छ ।
आपतकालीन अवस्थामा बिरामी वा घाइतेलाई छिटो र सुरक्षित उद्धार गरी विश्वासिलो उपचार सेवा प्रदान गर्न नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको नर्भिकले जनाएको छ ।







