२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेन जेड सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’ : कुलमान घिसिङ

अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेन जेड सहिद परिवारका लागि रोजगारीको व्यवस्था गर्ने सन्दर्भमा विद्युत् प्राधिकरणसँग छलफल गरी प्राधिकरणको बोर्डबाट सोका लागि स्वीकृत प्राप्त भइसकेको बताएका छन् ।

युनाइटेड नेप्लिज एसोसिएसन टेक्सास (युएसए), युनाइटेड नेपाली ड्यासपोरा (युएसए) र एमआइटी ग्रुप फाउन्डेसन अस्ट्रेलियाको संयुक्त आयोजनामा आज ललितपुरमा ‘जेन जेड सुशासन योद्धा’ विषयमा सहिदका परिवारसँगको संवाद तथा भेटघाट कार्यक्रममा उनले यस विषयमा बोर्डले स्वीकृति दिएसँगै हाललाई निवेदन दिएकामध्ये २७ जनाका लागि रोजगारीको व्यवस्था गरिएको जानकारी दिए । 

मुलुकको हित र जनचाहना नबुझ्ने शक्तिलाई विस्थापित गरेर जेन जेड सहिदका माग पूरा गर्न सकिने उनले धारणा राखेका छन्। 

पूर्वमन्त्रीसमेत रहेका घिसिङले सहिद परिवारको भावनालाई हामीले बुझेका छौँ भन्दै यो विषयमा बोल्नेभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन्। 

अध्यक्ष घिसिङले राज्यको जवाफदेहिताका लागि सहिद र घाइतेका परिवारसँग धेरै पटक छलफलमा आफू पनि संलग्न भएको उल्लेख गरेका छन् । 

सहिद धिरज श्रेष्ठका पिता नारायण श्रेष्ठले सहिद परिवारलाई एकताबद्ध गर्दै कल्याणकारी कार्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रम संयोजक एवम् युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक पासाङ लामाले नेपाल र नेपालीप्रतिको दायित्व पूरा गर्नका लागि ११ वर्षअगाडि संस्था स्थापना गरिएको जानकारी दिए । उनले देशमा आपत्कालीन अवस्था आउँदा कर्तव्य र दायित्व सम्झेर संस्थामार्फत सहयोग गर्न तत्पर रहेको बताए ।

युनाइटेड नेप्लिज एसोसिएसन नेपाल च्याप्टरका अध्यक्ष दोर्जे शेर्पाले संवादबिना समझदारी सम्भव नहुने भन्दै सहिदका सपना साकार पार्दै सुशासन र न्यायपूर्ण समृद्ध नेपाल निर्माण गर्न साझा प्रतिबद्धताका साथ सबै लाग्नुपर्ने धारणा राखेका छन्।