२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोकमा नेपाल-चीन सीमा समन्वय बैठक सम्पन्न

अ+ अ-

काठमाडौँ। नेपाल र चीनबीचको सीमा व्यवस्थापन र समन्वयलाई सुदृढ बनाउने उद्देश्यसहित द्विपक्षीय सीमा बैठक सिन्धुपाल्चोकमा सम्पन्न भएको छ । बैठकमा सीमा क्षेत्रमा देखिन सक्ने समसामयिक चुनौती र आपसी सहकार्यका विषयमा केन्द्रित छलफल गरिएको छ ।

छलफलका क्रममा सीमा सुरक्षाको अवस्था, आगामी निर्वाचनलाई ध्यानमा राखी सुरक्षा संयन्त्रको तयारी, सीमा क्षेत्रको शान्ति र स्थायित्व, साथै व्यापार, पर्यटन प्रवर्द्धन र विपद् व्यवस्थापनका विषय समेटिएका थिए । सीमा सुरक्षालाई प्रभावकारी बनाउन संयुक्त गस्ती सञ्चालन र आवश्यक सूचनाको नियमित आदान-प्रदान गर्ने विषयमा सहमति खोजिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसैगरी सीमा स्तम्भको संरक्षण, तस्करी नियन्त्रण, अवैध आवतजावत तथा गैरकानुनी गतिविधि रोक्न दुवै पक्षले समन्वयात्मक रूपमा काम गर्ने विषयमा समेत छलफल भएको सुरक्षा निकायका प्रतिनिधिहरूले बताएका छन् ।

चीनको स्वशासित क्षेत्र सिजाङ अन्तर्गतको जाङ्मुमा सम्पन्न उक्त बैठकमा नेपालतर्फबाट प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित अनुसन्धान, सशस्त्र प्रहरी र अध्यागमन कार्यालयका अधिकारीहरूको सहभागिता रहेको थियो । चिनियाँ पक्षबाट जाङ्मु क्षेत्रका प्रहरी तथा अध्यागमन निकायका वरिष्ठ अधिकारीहरू बैठकमा उपस्थित थिए ।

बैठकलाई सीमा क्षेत्रमा आपसी विश्वास अभिवृद्धि गर्ने र नियमित सहकार्यलाई थप व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।