२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका शाश्वत स्रोत हुन्’ : गृहमन्त्री अर्याल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका शाश्वत स्रोतका रूपमा रहेका बताएका छन् । 

सहिद दिवसका अवसरमा आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ मा आयोजित ‘जेन जेड’ सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन समारोहमा उनले सहिदहरूको बलिदानकै कारण आज मुलुक स्वतन्त्रता भएको धारणा राखेका हुन् ।

गृहमन्त्री अर्यालले मुलुकमा लोकतन्त्र, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्ट पारे । उनले विभिन्न कालखण्डमा राष्ट्रका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने वीर सहिदप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

उनले भने, “सहिदहरूको रगतले सिञ्चित यो भूमि आज स्वतन्त्र छ । उनीहरूको बलिदानकै कारण संविधानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । सहिदहरूले देखाएका सपना साकार पार्न वर्तमान सरकार पूर्ण रूपमा कटिबद्ध छ ।”

गृहमन्त्री अर्यालले सहिद परिवारको संरक्षण, सम्मान र सहयोगलाई सरकारले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि राज्यको तर्फबाट आवश्यक सहयोग र सम्मान निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सहिद परिवारले भोग्नुपरेका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिपरेको उनको भनाइ छ ।

गृहमन्त्री अर्यालले वर्तमान सरकार नागरिकमैत्री सरकार भएको उल्लेख गर्दै यो सरकारले सधैँ नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले कठिन परिस्थितिमा अभिभावकविहीन महसुस गरेका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गरिरहेको दाबी गरे ।

उनले सुशासन, शान्ति सुरक्षा, सामाजिक न्याय र नागरिकको जीवनस्तर उकास्ने कार्यमा सरकार केन्द्रित रहेको जिकिर गरेका छन् । सहिदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै त्यसबाट प्रेरणा लिई राष्ट्र निर्माणमा सबै नागरिक एकजुट हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सहिद परिवारका सदस्य, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उपस्थिति थियो ।