२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यून प्रगतिलाई बढाउन मुख्यमन्त्री कार्कीको निर्देशन

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउने गरी काम गर्न आज निर्देशन दिएका छन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समितिको बैठकलाई सम्बोधन गर्दै उनले बजेट प्रगति न्यून भएकाले कार्यस्थलमै गएर छलफल गरी कार्य प्रगति बढाउन निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री कार्कीले दुई तीन वर्षदेखि निरन्तर बजेट राखिने तर त्यो कार्यान्वयन नहुने अवस्था भएमा तत्कालै हटाउन पनि निर्देशन दिए । उनले भने, “एउटै काम पनि घनचक्करजस्तो घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त्य हुनुपर्छ ।” 

उनले मन्त्रालयभित्रकै कमीकमजोरीहरूलाई चाँडोभन्दा चाँडो हटाएर कामलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गरेका छन् । कर्मचारी, राजनीतिज्ञ र स्थानीय तहले समस्यालाई ठिक ढंगले बुझ्न नसक्दा पनि समस्या भएको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले यी सबै क्षेत्रले आफ्नो अधिकार र कामलाई बुझेर अगाडि बढ्न सके प्रगति हुने दाबी गर्दै प्रदेशलाई केन्द्रले पनि सहयोग नगरिरहेको बताए । यातायातको अधिकार प्रदेशमा भएको तर यहाँको यातायातबाट उठेको जरिवाना केन्द्र सरकारले लैजाने गरेको उनले बताए । 

बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले ऐन कानुन संशोधन र पुनर्निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।