काठमाडौँ । भन्सार छली गरेको आरोपमा मोरङ प्रहरीले डेढ करोड मूल्य बराबरका कपडा बोकेका दुई वटा ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ।
विराटनगर भन्सारबाट जाँच पास भएर शनिबार साँझ निस्किएका एक करोड ५१ लाख २६ हजार मूल्यको लत्ताकपडा बोकेको प्रदेश ३-०१-००४ ख ४८२५ र प्रदेश ३-०१-००६ ख १३८६ नम्बरका ट्रक चेकजाँचका क्रममा चालकसहित नियन्त्रणमा लिएर पुनर्मूल्यांकनका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको हो।
प्रहरीले शनिबार साँझ ७ बजेतिर गोप्य सूचनाको आधारमा विराटनगर महानगरपालिका-१४ स्थित रानीबाट चेकजाँचका क्रममा चालकसहित ट्रकलाई नियन्त्रणमा लिएको थियो।







