२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुठी अधीनस्थ जग्गासम्बन्धी समस्या छिट्टै नै समाधान गर्ने मन्त्री इङ्नामको दाबी 

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले गुठी अधीनस्थ जग्गासम्बन्धी समस्या छिट्टै नै समाधान गर्ने बताएका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति नेतृत्वको टोलीसँगको भेटमा आज उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनामा रहेको गुठी अधीनस्थ जग्गासम्बन्धी समस्या छिट्टै नै समाधान गर्ने बताएका हुन् ।

छलफलमा आवास योजनाको हालसम्मको भौतिक विकास तथा जग्गा प्रशासनसम्बन्धी प्रगतिबारे नगरप्रमुख प्रजापतिले मन्त्री इङ्नामलाई जानकारी गराएका थिए । उनका अनुसार आवास योजनाको भौतिक पूर्वाधारअन्तर्गत सडक, ढल निकास, टेवा पर्खालको कार्य अन्तिम चरणमा रहेको र जग्गा प्रशासनतर्फ आयोजना क्षेत्रको सम्पूर्ण स्वीकृत नापी नक्सा तथा श्रेष्ताअनुसार हाल कायम भएको दुई हजार ४४४ कित्ता जग्गामध्ये एक हजार २८३ कित्ता जग्गा अर्थात् ५२ दशमलव ५० प्रतिशत विकसित घडेरी जग्गाधनीलाई फिर्ता गरिसकिएको छ । 

आयोजनाको एक हजार ६५३ रोपनी जग्गामध्ये ६८ रोपनी जग्गा गुठी अधीनस्थ रहेको र उक्त जग्गामा काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा १० को (१) १ अनुसार आयोजना व्यवस्थापन उपसमितिको निर्णयअनुसार योगदान प्रतिशत कट्टी गरेकामा गुठी संस्थानबाट उक्त निर्णय कार्यान्वयनमा समस्या भएको मन्त्री इङ्नामलाई उनले जानकारी गराए । 

मन्त्री इङ्नामले राज्यबाट सञ्चालित विकास आयोजनाहरूमा गुठी जग्गा समस्या रहेको आफूलाई जानकारी गराउँदै समस्या समाधानका लागि छिट्टै नै ठोस निर्णय गर्ने बताए ।

वि.सं २०७२ मा योजना स्वीकृत भई सञ्चालन भइरहेको देको मिवा इतापाके आवास योजनामा गुठी संस्थानले समस्या समाधानमा चासो नदिएको प्रमुख प्रजापतिले बताए।