२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एपीएफ अस्पतालले मनायो २४ औँ वार्षिकोत्सव

अ+ अ-

 काठमाडौँ। नेपाल एपीएफ अस्पताल बलम्वुले आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सव मनाएको छ ।

 शनिबार बलम्बुस्थित अस्पताल परिसरमै एक समारोहका बिचमा अस्पतालले २४ औँ वार्षिकोत्सव मनाएको हो ।

समारोहमा प्रमुख अतिथि रहेका सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी)राजु अर्यालले स्वास्थ्यकर्मीलाई सकारात्मक भावनाका साथ मानवीय सेवामा काम गर्न आग्रह गरे ।  प्राकृतिक विपद्, आपत्कालीन अवस्था, भूकम्प, कोभिड महामारीजस्ता चुनौतीका बेला एपीएफ अस्पतालले जनस्वास्थ्यमा दिएको योगदानका लागि पनि आईजीपी अर्यालले खुसी व्यक्त गरे ।

अस्पतालमा सेवा प्रवाहलाई सहज, सुलभ, गुणस्तरीय बनाउँदै लैजाने लक्ष्य रहेको बताउँदै उनले नयाँ प्रविधि, तालिम, शैक्षिक विस्तार र सेवा प्रणालीमा निरन्तर सुधारलाई प्राथमिकता राखिएको पनि बताए ।

सो अवसरमा महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालमा कार्यरत रही वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अस्पताललाई सहयोग पुर्‍याउने विभिन्न संघसंस्थालाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालमा सम्पन्न भएको मडुलर अप्रेशन थे्रेटरको समेत उद्घाटन गरेका थिए। कार्यक्रममा अस्पतालका प्रमुख प्रा.सशस्त्र प्रहरी नायव महानिरीक्षक डा.रुपक महर्जनले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, चन्द्रागिरि नगरपालिका प्रमुख, बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, विभिन्न संघ संस्था तथा सुरक्षा निकायका पदाधिकारी लगायत विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो।