२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा आठवर्षमा २१ मोटरवेल पुल निर्माण बन्यो

अ+ अ-

पर्वत । पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलहरुको निर्माण सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानमा ती मोटरवेल पुल बनेका हुन् ।

सडक सञ्जालले जिल्लाका ६१ वटै वडा, टोल तथा बस्तीसम्म पनि पहुँच पुगेको पर्वतमा ग्रामीण सडकलाई बाह्रैमास सञ्चालन गर्नका लागि पुल निर्माण भएका हुन् । जिल्लामा कूल २१० किलोमिटर ग्रामीण सडक कालोपत्र भएको जिल्लामा मध्यपहाडी लोकमार्गमा दुई, कालीगण्डकी करिडोरमा तीन गरी ग्रामीण सडकसहित कूल २१ मोटरवेल पुलको निर्माण भएका छन् ।

संसदीय निर्वाचनसँगै प्रदेश तथा स्थानीय तहको निर्वाचनको यो अवधिमा विकासमा समीक्षामा भौतिक पूर्वाधार तर्फ पर्वत जिल्लामा उल्लेखनीय प्रगति भएको देखिन्छ । मुख्य गरी कालीगण्डकी नदी र मोदीखोला पर्वत जिल्लाका दुई ठूला नदी रहेका छन् । ती नदीहरुमा लामा पुल निर्माण भएका छन्, भने ग्रामीण क्षेत्रमा रहेका साना खोलामा छोटा पुलको निर्माण भएका छन् । निर्माण सम्पन्न भएका पुलहरुमा सडक सञ्चालन नियमित रुपमा भइरहेको छ ।

ती पुलहरुमा मोदीवेणीस्थित मोदी खोला, भूकताङलेको झिलिबराङमा भुरुङदीखोला, तिलाहारको रतीखोला, दुर्लुङ र बाजुङ जोड्ने आम्बोटखोला, जहरे– दोविल्ला, पकुवाआर्थर जोड्ने जहरेखोला गंगटे पुल छन् ।

यसैगरी नयाँ पुल– सेराबेँसी, दक्षिण पर्वतको पैँयू गाउँपालिकामा पर्ने मर्दि खोला, सेतीखोला, रिठेखोला, गेडीखोला, फलेवास नगरापलिकाको चिर्दीखोला मोटरवेल पुल रहेका छन् ।

यसैगरी यही अवधिमा बनेको सिब्दीखोला, पैँयू ६ सरौखोलास्थित छत्तिसेघाट, फलेवास–जैमिनिघाट, कालीगण्डकी, देविस्थान– कुर्घा जोड्ने लमायखोला, महाशिला वडा नं १ र पैयूँ– ६ जोड्ने अगुवाखोला, रानीपानी–इमिचौरदेखि गुल्मीपूर्तिघाट जोड्ने कालीगण्डकीे, मोदी १ स्थित भुकदेखि कास्की अन्नपूर्ण गाउँपालिका जोड्ने भुरुङदीखोला पुल, मध्यपहाडी राजमार्ग अन्तरगत तमादीखोला र बगरफाँट– बेनी जोड्ने कालीगण्डकी नदीमा ट्रस्ट ब्रिजनिर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यसैगरी जिल्लामा अझै आधा दर्जन मोटरवेल पुलको मागभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । ती पुलको डिपीआर तयार भए पनि बजेटको भने सुनिश्चित भइसकेको छैन् । मोदीखोलामा गाडतारा–आम्बोट तथा झाप्रे बगरमा मोटरवेल पुलको सम्भाब्यता अध्ययन सकिएको छ भने कल्लेरीघाट तथा बगरफाँटमा गरी दुई स्थानमा कालीगण्डकी नदीमा मोटरवेल पुलको निर्माण कार्यका लागि योजना सुनिश्चत हुन बाँकीे छ ।

कतिपय पुल संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय र कतिपय गण्डकी प्रदेश सरकारमार्फत पूर्वाधार विकास कार्यालयले निर्माण गरेको हो । यी बाहेक मल्याङ्दीखोला र पराधिस्थित मोदीखोलामा दुई पुल निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।