२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३ उद्योग तथा फर्ममाथि कारवाही, दुईलाई नगद जरिवाना

अ+ अ-

काठमाडौँ । बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका १३ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही तथा सुधारका लागि निर्देशन दिएको छ।

सोमबार गरिएको नियमित अनुगमनका क्रममा दुई पसललाई तत्काल नगद जरिवाना गरिएको विभागले जनाएको छ। ललितपुर महानगरपालिका-१५ टुटेपानीस्थित थिमिले स्टोर लाई ११ हजार रुपैयाँ तथा भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारीमा सञ्चालित न्यु म्याक्स स्टोर लाई ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

अनुगमनका क्रममा केही डेरी उद्योगबारे थप अनुसन्धान आवश्यक देखिएकाले सम्बन्धित कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ। ललितपुर महानगरपालिका-१९ स्थित हिमालय डेरी प्रोडक्ट्स प्रालि लाई तीन दिनभित्र तथा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-४ मा रहेको पुप्सा डेरी प्रालि लाई सात दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।

त्यसैगरी अन्य नौ फर्मलाई सामान्य सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ। चाँगुनारायण नगरपालिका क्षेत्रको भैरव खाद्यान्न सप्लायर्स, ललितपुर महानगरपालिकास्थित सबिन स्टोर र एसजी स्टोर, काठमाडौँ बसुन्धाराको दीलिप स्विट हाउस तथा बुढानीलकण्ठ क्षेत्रको न्यु खड्का किराना भण्डार लाई आवश्यक सुधार गर्न भनिएको छ।

यस्तै भक्तपुर जिल्लाका इन्द्रायणी डेरी प्रालि, जय सञ्जीवनी डेरी उद्योग, जगदम्बा डेरी फुड एन्ड बेभरेज प्रालि तथा सूर्यविनायकस्थित गायत्री स्पाइसेस एन्ड फुड प्रोडक्ट्स प्रालि लाई पनि सुधारात्मक निर्देशन दिइएको छ।

विभागले बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ता हित संरक्षण तथा व्यवसायमा नियमनात्मक अनुशासन कायम गर्ने कार्यलाई प्राथमिकता दिइने जनाएको छ।