काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनलाई सोमबार भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईँलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
पक्राउपछि प्रसाईँलाई परिसरको हिरासतमा राखिएको छ। भद्रकालीमा रहेको प्रहरी कार्यालयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यसअघि पनि उनी माघ २३ गते पक्राउ परेका थिए। उक्त घटनामा हाजिर जमानीमा रिहा भएपछि पुनः नियन्त्रणमा लिइएको हो।







