२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईन्जिनियर हत्या प्रकरणमा कर्मचारीको ‘पेन डाउन’ घोषणा

अ+ अ-

सर्लाही । पूर्वाधार विकास कार्यालय, मलंगवामा कार्यरत सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणप्रति कर्मचारी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै सेवा प्रवाह बन्द (पेन डाउन) गर्ने घोषणा गरेका छन्।

कर्मचारी मिलन केन्द्र, सर्लाहीसहित जिल्लामा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन्। विज्ञप्तिमा फागुन ३ गते आइतबार साँझ करिब ८ बजे मलंगवा नगरपालिका–१०, देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले यादवमाथि गोली प्रहार गरी हत्या गरेको घटनालाई अमानवीय र नृशंस कार्यको संज्ञा दिइएको छ।

विज्ञप्तिअनुसार घटनाको विरोध तथा दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन दबाब सिर्जना गर्ने उद्देश्यले फागुन ५ गते मंगलबार जिल्लाभरका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारीहरूले एक दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको छ।

कर्मचारी संगठनहरूले घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी पक्राउ गर्न, कानुनबमोजिम कडा कारबाही गर्न र मृतक राष्ट्रसेवक कर्मचारीलाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

आसन्न निर्वाचनको सन्दर्भमा कर्मचारीहरू फिल्ड तथा कार्यालयमा खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाएको विज्ञप्तिमा उल्लेख छ। राज्यले कार्यक्षेत्र तथा व्यक्तिगत सुरक्षाको पूर्ण प्रत्याभूति गर्नुपर्ने मागसमेत गरिएको छ।