२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमेडी च्याम्पियनमा ‘प्रचण्ड’ र रेनुलाई व्यंग्य गरिएकोप्रति जेन जेड जेड फोर्सले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । जेन जेड रेड फोर्स नेपालले टेलिभिजन हास्य कार्यक्रम टिभी रियालिटी शो कमेडी नाइट विथ च्याम्पियन्सको एक अंशप्रति आपत्ति जनाएको छ।

कार्यक्रममा गरिएको प्रस्तुतीकरणले राजनीतिक नेतृत्वप्रति अनुचित संकेत गरेको भन्दै संगठनले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको हो।

उक्त कार्यक्रमको ४७औँ भागको ट्रेलर सार्वजनिक भएपछि विवादित अंश सार्वजनिक भएको थियो। ट्रेलरमा बाल कलाकार सुयसा खनालले रेनु दाहालको चरित्र अभिनय गरेको दृश्य समावेश छ।

सो क्रममा कार्यक्रम प्रस्तोताले सोधेको प्रश्नको उत्तरमा प्रयोग गरिएको संवादले पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यंग्य गरिएको अनुभूति भएको संगठनको धारणा छ।

संगठनले जारी गरेको वक्तव्यमा उक्त सामग्रीले कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित नेतृत्वको योगदान र ऐतिहासिक भूमिकालाई हल्का रूपमा प्रस्तुत गरेको ठहर गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सार्वजनिक व्यक्तित्वसँग सम्बन्धित विषय प्रस्तुत गर्दा न्यूनतम संवेदनशीलता र जिम्मेवारी अपेक्षित रहने उल्लेख पनि गरिएको छ।

वक्तव्यमा हास्य–व्यंग्य विधा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले तयार गरिने भए पनि अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिइएको छ। आगामी दिनमा यस्ता विषय प्रस्तुत गर्दा सम्बन्धित पक्षको योगदान र संवेदनशील पक्षलाई ध्यानमा राख्दै जिम्मेवार ढंगले सामग्री निर्माण गर्न आग्रह गरिएको छ।