२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहिता उल्लंघनसम्बन्धी सबै उजुरीहरू २० गतेभित्र टुङ्ग्याइसक्ने आयुक्त भण्डारीको दाबी 

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न पुनः आग्रह गरेका छन् ।

शुक्रबार कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा निर्वाचन सुरक्षा सम्बन्धी छलफलमा सहभागी भएर विराटनगर पुगेका भण्डारीले सञ्चारकर्मीसँग कुरा गर्दै आचारसंहिता उल्लंघनसम्बन्धी प्राप्त सम्पूर्ण उजुरीहरू फागुन २० गतेभित्र टुङ्ग्याइने समेत बताए ।

उनले निर्वाचनको मौन अवधि सुरु हुनुअघि नै उजुरीहरूको अन्तिम निर्णय गरिने जानकारी दिए । उनका अनुसार हालसम्म आचारसंहिता उल्लंघनसम्बन्धी करिब १ हजार उजुरीमाथि कारबाही भइसकेको छ ।

तीमध्ये केही प्रकरणमा सजायमुखी निर्णयसमेत गरिएको उनले बताए । आचारसंहिता कार्यान्वयनमा कुनै सम्झौता हुने भन्दै भण्डारीले अनुगमन संयन्त्रलाई थप सक्रिय बनाइएको जानकारी दिए ।

यसैबीच, बीबीसीले प्रसारण गरेको एक डकुमेन्ट्रीबारे सोधिएको प्रश्नमा भण्डारीले उक्त विषय कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको बताए ।

भण्डारीले सबै पक्षलाई जिम्मेवार र संयमित व्यवहार गर्न आग्रह गर्दै स्वच्छ र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न अपिल समेत गरे ।