२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी अनुमति पत्रको दुरुपयोग नगर्न निर्वाचन आयोगको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । निर्वाचन प्रक्रियाका क्रममा जारी गरिएका सवारी पासको उद्देश्य विपरीत प्रयोग नगर्न निर्वाचन आयोगले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ। आयोगले मंगलबार सार्वजनिक सूचनामार्फत पासको आडमा तोकिएका व्यक्तिबाहेक अन्यलाई ओसार पसार नगर्न आग्रह गरेको हो।

आयोगका अनुसार निर्वाचन अवधिमा आवागमन सहज बनाउन पूर्वनिर्धारित मापदण्डअनुसार केही सवारी साधनलाई पास अनिवार्य नहुने गरी छुट प्रदान गरिएको छ। त्यस्ता सवारी साधनले तोकिएका प्रयोजनबाहेक अन्य व्यक्तिको ढुवानी गरेमा नियमनात्मक कारबाही हुन सक्ने स्पष्ट गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदान मिति फागुन २१ लाई दृष्टिगत गर्दै सवारी सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी र व्यवस्थित बनाउन ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ का सम्बन्धित प्रावधान कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ। सोही कार्यविधिअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण बाट निषेधित क्षेत्र प्रवेश पास प्राप्त गरेका व्यक्तिलाई घर-कार्यालय आवागमनका लागि अतिरिक्त सवारी पास आवश्यक नपर्ने व्यवस्था मिलाउन आयोगले नेपाल सरकारसमक्ष सिफारिस गरेको जानकारी गराइएको छ।

नियम विपरीत पासको प्रयोग भएको पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारी साधनको सञ्चालनमा रोक लगाउने अधिकार प्रयोग गर्न सक्ने ब्यहोरा पनि सूचनामार्फत स्पष्ट गरिएको छ। आयोगले निर्वाचन व्यवस्थापनलाई मर्यादित, पारदर्शी र सेवामैत्री बनाउन सबै सरोकारवालाले निर्धारित मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएको छ।