काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन् ।
क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् ।
उनले आफैंलाई भने मत दिन पाएनन् । उनी रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।







