काठमाडौँ । जिल्ला कारागार रुकुम पश्चिमका ७२ जना कैदी बन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ७२ जनाले मतदान गरेका छन् ।
७१ जना पुरुष र एक जना महिला गरी कुल ७२ जनाले मतदान गरेका हुन् । कारागारमा रहेका मध्ये ७२ जनासँग मात्र मतदाता नामावली रहेको र सबैले मतदान गरेको गरेको बताइएको छ । उनीहरूले समानुपातिकतर्फ मात्र मतदान गर्न पाएका छन् ।
त्यसैगरी सुरक्षाकर्मी तथा कर्मचारीहरूका लागि मुसिकोट नगरपालिका एक खलंगा को बराहटाकुरामा अर्को अस्थायी मतदानमा मतदान जारी छ ।
यहाँ पनि कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिक तर्फ मतदान गरिरहेका छन् ।







