काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं सर्लाही ४ का उम्मेदवार गगनकुमार थापाले मतदान केन्द्रहरूको अवलोकन गरेका छन् ।
काठमाडौँ ४ मा बिहान मतदान गरी सर्लाही पुगेर उनले विभिन्न मतदान केन्द्रहरूको अवलोकन गरेका हुन् ।
उनले सर्लाही जानुअघि काठमाडौँ क्षेत्र नम्बर ४ को मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा अवसर दिएमा पाँच वर्ष सुशासनमा काम गर्ने बताएका थिए ।
त्यस्तै उनले मधेशमा गएर आफूले राजनीतिक पूर्णता पाएकोसमेत बताएका छन् । पहाड र काठमाडौँका बारेमा जानेको भए पनि मधेशका बारेमा सिक्ने अवसर सर्लाही ४ ले नै दिएको उनले बताए ।
साथै सर्लाहीको अवस्था निकै नै गम्भीर भएको बताउँदै सुधार गर्ने कामहरू पहिलो वर्षदेखि नै थाल्ने वचनसमेत दिएका छन् ।
उनले सर्लाही गएरै आफूले सीमानामा मल ल्याउँदा भित्रबाट बल प्रयोग गर्नुपर्छ भन्ने कुरा थाहा पाएको जनाए । उनले उखु किसानको पहिलाको जस्तो अनुदान काट्ने कल्पना पनि गर्न सकेको पाठ त्यहीँ गएर मात्र सिकेको बताए ।
उनले सरकारमा बस्दै गर्दा अरूको बजेट काटेर भए पनि मधेशको दलितको घर फेर्ने कुरा पहिलो वर्षमै गर्ने बताए ।







