काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर-२ मा हालसम्म १७ हजार ९६४ मत गणना भइसकेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लामिछाने अग्रस्थानमा रहेका छन्।
प्राप्त विवरणअनुसार लामिछानेले ९ हजार २३४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरेले २ हजार ६५९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।
त्यसैगरी नेपाली काँग्रेसकी उम्मेदवार मीना खरेलले २ हजार ८२९ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङले १ हजार ७९२ मत पाएका छन्।







