काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतलेले एक पटकको पराजय अन्तिम सत्य नभएको बताएका छन्। प्रतिनिधिसभा निर्वाचनको परिणाम आउँदै गर्दा उनले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक रहेको बताएका हुन् ।
बस्नेतले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘यस पटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु।’यसपटक देशभरको चुनावी परिणाम पुराना दलहरू, विशेषगरी एमालेका लागि प्रतिकूल आएको र रास्वपा बहुमततर्फ अघि बढेको बताएका छन्। उनले विजयी भएका सबै उम्मेदवारलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
बस्नेतले लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक रहेको र एक पटकको पराजय अन्तिम सत्य नभई भविष्यको सफलताका लागि पाठशाला हुने बताएका छन्। उनले विश्व राजनीतिका उदाहरण दिँदै विभिन्न देशका दलहरूले पराजयपछि आत्मसमीक्षा, नीतिगत सुधार र नयाँ नेतृत्वमार्फत पुनः जनताको विश्वास जितेको बताएका छन्।







