२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा-५ मा बालेनले ३१ हजार १ सय १६ मतले अगाडी, ओलीले कटाए ११ हजार मत

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सबैभन्दा बढी चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहले मतगणनाको पछिल्लो परिणामसम्म उल्लेख्य अग्रता कायम राखेका छन्।

पछिल्लो विवरणअनुसार शाहले ४२ हजार ५४३ मत प्राप्त गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले ११ हजार ४२७ मत प्राप्त गरेका छन्। यससँगै दुवै उम्मेदवारबीचको मतान्तर ३१ हजार १ सय १६ पुगेको छ।

उक्त क्षेत्रमा जारी मतगणनामा अन्य उम्मेदवारहरूको मतस्थिति पनि सार्वजनिक भएको छ। श्रम संस्कृति पार्टीका समीर तामाङ ले ७ हजार १०७ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसकी मन्धरा चिमरिया ले १ हजार २०२ मत पाएकी छन् भने नेकपाका रञ्जित तामाङ ले ९११ मत प्राप्त गरेका छन्।

परम्परागत रूपमा केपी शर्मा ओलीको प्रभाव क्षेत्र मानिने झापा-५ मा यस पटकको प्रतिस्पर्धालाई राजनीतिक वृत्तले विशेष महत्वका साथ हेरिरहेको छ।

यस निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा अघि सारेको छ।

गत फागुन २१ गते सम्पन्न मतदानपछि सुरु भएको मतगणनामा शाहले सुरुवाती चरणदेखि नै अग्रता कायम राख्दै आएका छन्। झापा-५ का सहरी र ग्रामीण दुवै क्षेत्रबाट उनलाई उल्लेख्य समर्थन प्राप्त भइरहेको प्रारम्भिक परिणामले देखाएको छ।