२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामूहिक कुटपिटका घटनामा आठ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

अ+ अ-

चन्द्रपुर (रौतहट) ।यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा कुटपिट गरेको घटनामा संलग्नलाई प्रहरीले आठ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

पीडित बिर्जाराम चमारको उजुरीका आधारमा आज उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई पक्राउ गरिएको छ ।

अन्य आरोपीको खोजी जारी रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले सात दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

गत फागुन १९ गते होली मनाउने क्रममा सामान्य भनाभनपछि स्थानीय भुनेश्वर यादवसहितको समूहले लाठी–भाटा लिएर साँझ बिर्जाराम चमारको घरमै प्रवेश गरी कुटपिट गरेको पीडित पक्षको आरोप छ । सो क्रममा घरभित्र रहेका श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरिएको र दुईवटा मोबाइलसमेत फोडिएको पीडित बिर्जाराम चमारले बताए ।

कुटपिटबाट बिर्जाराम चमारको ढाड र घाँटीमा चोट लागेको छ, भने उनकी श्रीमती गायत्रीदेवी रामको शरीरभरि निलडाम परेको छ । चमारको छोरा राजकुमार रामको टाउकोमा चोट लागेको छ, भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेको बताइएको छ ।