२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब वर्षको ७ दिन ३० प्रतिशतभन्दा कम बक्यौता भए पुग्ने

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई ऋणीको नगद प्रवाह र वित्तीय विवरणको आधारमा स्थिर चालु पुँजीको अवधि निर्धारण गर्न सक्ने सुविधा दिएको छ।

नयाँ व्यवस्था अनुसार, ऋणीले वर्षको कम्तीमा लगातार ७ दिन आफ्नो चालु पुँजी कर्जाको बक्यौता ३० प्रतिशतभन्दा कम राख्न सक्नेछन्। यसअघि यो प्रतिशत १० प्रतिशत तोकिएको थियो। उदाहरणका लागि, एक करोड रुपैयाँको चालु पुँजी कर्जा लिएको ऋणीले पूर्व व्यवस्थाअनुसार वर्षमा लगातार ७ दिनमा ९० लाखभन्दा बढी भुक्तानी गर्नुपर्ने व्यवस्था थियो भने अब ७० लाख बराबरको भुक्तानी पर्याप्त हुने व्यवस्था बनाइएको छ।

राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले स्थिर चालु पुँजी कर्जाका लागि आवधिक प्रकृतिको कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ। यस कर्जाको भुक्तानी अवधि बैंकको चालु पुँजी कर्जा नीति अनुसार निर्धारण गरिनेछ र उपबुँदा ९ (ख) अन्तर्गतको सीमा लागु हुनेछैन।

अघिल्ला स्थिर चालु पुँजी कर्जाहरूको पुनर्तालिकिकरण आवश्यक भएमा ऋणीको नगद प्रवाह र वित्तीय विवरणको आधारमा २०८३ असार मसान्तसम्ममा एक पटक मात्र पुन:समायोजन गर्न सकिने व्यवस्था पनि परिपत्रमा समावेश गरिएको छ।