२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई दिएको निर्देशनात्मक मन्तव्यको बाबुरामले गरे प्रशंसा 

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई दिएको निर्देशनात्मक मन्तव्यको प्रशंसा गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले उक्त अभिव्यक्तिमा नेपाली समाजमा प्रचलित “फलेको हाँगो निहुरिन्छ” भन्ने उखानको सार प्रष्ट देखिएको उल्लेख गरेका छन्। उनले यस्तो विनम्रता कायम रहनुपर्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

उनका अनुसार हालै सम्पन्न आमनिर्वाचनमा प्राप्त व्यापक जनसमर्थनले उक्त पार्टीलाई स्वाभाविक रूपमा ध्यानको केन्द्रमा ल्याएको छ, जसलाई आशा, प्रतिस्पर्धा र सतर्कताको मिश्रित दृष्टिले हेरिनु स्वाभाविक हो। यस परिप्रेक्ष्यमा नेतृत्वबाट आएको सन्देश सकारात्मक र सन्तुलित रहेको उनको भनाइ छ।

भट्टराईले उक्त जनमतलाई कुनै एक दल वा व्यक्तिको सफलता मात्र नभई समग्र नेपाली राजनीतिक प्रणालीमा पुनर्संरचना र पुस्तान्तरणको संकेतका रूपमा व्याख्या गरेका छन्। उनले पुराना राजनीतिक शक्तिहरूप्रति प्रतिशोधी दृष्टिकोणभन्दा उनीहरूको ऐतिहासिक योगदानको सम्मान गर्दै उपलब्ध उपलब्धिको संरक्षणसहित नयाँ मार्ग निर्माण गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।