२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जय ट्रफी बहुदिवसीय इलिट कप क्रिकेट : उपाधि जित्न पुलिसलाई आर्मीले दियो २२७ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । जय ट्रफी बहुदिवसीय इलिट कप क्रिकेटको उपाधि जित्न नेपाल पुलिस क्लबले २२७ रनको लक्ष्य पाएको छ । तेस्रो तथा अन्तिम दिनको खेल जारी रहँदा त्रिभुवन आर्मी क्लबले पुलिसलाई २२७ रनको लक्ष्य दिएको हो ।

मुलपानी क्रिकेट मैदानमा जारी फाइनल खेलको पहिलो इनिन्समा दुवै टिमले समान २२१ रन बनाएका थिए । दोस्रो इनिन्समा आर्मीले ७४ ओभर २ बल खेल्दै २२६ रन बनाएको हो ।

आर्मीका लागि आकाश चन्दले सर्वाधिक ३७ रन बनाए । कुशल मल्ल ३६, शाहव आलम ३३, भीम सार्की ३२, तिर्थराज दास २०, इम्रान शेख १६, कप्तान विनोद भण्डारी १२, नरेन साउद २ रनमा आउट हुँदा सोमपाल कामी २३ रनमा अविजित रहे ।

बलिङमा पुलिसका सागर ढकालले ४, ललित राजवंशी र करण केसीले समान ३ विकेट लिए ।

जवाफी ब्याटिङ थालेको पुलिसले २५ रन जोड्दा एक विकेट गुमाएको छ । पुलिसका ओपनर अमित श्रेष्ठ कुनै पनि रन नजोडी आउट भए ।

ओपनर दिनेश खरेल ११ र रसिद खान १० रनमा अविजित छन् । बलिङमा आर्मीका आकाश चन्दले एक विकेट लिएका छन् ।