२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट विचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेका छन् ।

काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टकटकाएर अघि बढ्ने बताए ।

विचार, राजनीति, संगठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुन:मूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्ने उनको भनाइ थियो । जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने भन्दै पुनले कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहरूले गर्ने दाबी गरे ।

आफूहरू रूपान्तरण र सुशासनको एजेन्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले आफूहरूलाई समेत पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएको स्वीकार गरे । ‘हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरूमाथि गोली चलाउने प्रवृत्तिको पक्षमा थिएनौँ, छैनौँ र हुने छैनौँ । त्यसै गरी २४ गते सिंहदरबार जलाउनेसहित विध्वंस गर्नेको पक्षमा थिएनौँ, छैनौँ र हुने छैनौँ । तर, जनताले हामीलाई पनि पुरानै ढर्राको ठान्नुभयो ।  हामी पुरानो हौँ, तर उस्तै खालका पुराना होइनौँ । हामीले अवस्था बदल्न कोसिस गरेकै हौँ । फेरि जनतामा जान्छौँ’, पुनले भने, ‘कुनै अहंकार, विचलन, निराशा होइन, शहीदहरूको बलिदानलाई आत्मसात् गर्दै नयाँ ढङ्गले धुलो टकटकाएर उठ्ने संकल्प गर्नुपर्छ । १० वर्षे जनयुद्धका बेला पनि धेरैपटक ठुलठुला बलिदान, क्षति र हार भए । तर नेतृत्वले हार मानेन । हामीले हार मानेनौँ । हाम्रो अहिलेसम्मको विचार, राजनीति, संगठन, नेतृत्व, शैली, तौरतरिकाहरूलाई एकपटक ठन्डा दिमागले पुर्नमूल्याँकन गनुपर्छ र फेरि देश जनताको भावनाअनुसारको बाटोमा हामी अघि बढ्नुपर्नेछ ।’

जनताले निर्वाचनमार्फत नयाँ भनिएका दलहरूलाई अभिमत प्रकट गरेर पुराना दल तथा नेतृत्वमाथि आफ्नो कार्यशैली तथा तौरतरिका बदल्न खबरदारी गरेको उनले बताए । पुनले जनताले गरेको खबरदारीलाई सच्चिनका लागि दिएको अवसरका रूपमा ग्रहण गर्नुपर्ने स्पष्ट गरे ।