२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रबाट निर्वाचनमा असहयोग भएको निष्कर्षसहित अनुशासनात्मक कारबाही अघि बढाउने र त्यसैबाट संगठन पुनर्गठन प्रक्रिया सुरु गर्ने बताएका छन्।

जनवर्गीय संगठनका नेताहरूसँग भएको छलफलमा उनले केन्द्रीय तहका सदस्यहरूबाटै ‘घण्टी’ चुनाव चिह्नमा मत गएको विवरण प्राप्त भएको उल्लेख गर्दै यसलाई गम्भीर रूपमा लिइएको बताए। प्राप्त प्रतिवेदनअनुसार झन्डै आधा केन्द्रीय सदस्यले वैकल्पिक शक्तितर्फ मत दिएको संकेत देखिएको उनको भनाइ थियो।

उनले सम्बन्धित निकायलाई स्पष्ट विवरणसहित प्रतिवेदन पेश गर्न निर्देशन दिँदै कसले मतदानमा सहभागिता जनाएन, कसले फरक चिन्हमा मत दियो भन्ने तथ्यसहित जानकारी उपलब्ध गराउन आग्रह गरे। यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाही अपरिहार्य रहेको उनले बताए।

‘प्रचण्ड’ले निर्वाचनपछिको समीक्षा प्रक्रिया जारी रहेको जानकारी दिँदै प्रमाणसहित दोषी पहिचान भएपछि बिना हिचकिचाहट कारबाही गरिने स्पष्ट पारे। उनले यही प्रक्रियाबाट पार्टी पुनर्गठनको आधार तयार हुने र संगठनलाई नयाँ ढाँचामा अघि बढाइने धारणा व्यक्त गरेका छन्।

पार्टीका संरचना र कमिटीहरूलाई थप व्यवस्थित र सक्रिय बनाउने तयारी भइरहेको उल्लेख गर्दै उनले हालको राजनीतिक परिणाममा विभिन्न आन्तरिक तथा बाह्य कारणहरूको प्रभाव परेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको समर्थनका पछाडि पनि बहुआयामिक कारणहरू रहेको उनको विश्लेषण थियो।

उनले उदाहरण दिँदै केवल विकास कार्य, आर्थिक स्रोत वा प्रचारप्रसारले मात्रै निर्वाचन जित सुनिश्चित नहुने उल्लेख गरे। यस सन्दर्भमा विनोद चौधरी र नारायणमान बिजुक्छेजस्ता उदाहरण प्रस्तुत गर्दै मतदाताको धारणा निर्णायक हुने निष्कर्ष व्यक्त गरेका छन्।