२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालयप्रति स्वास्थ्य मन्त्रीको असन्तुष्टि, बजेट अभावले अस्पताल सेवा प्रभावित

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व सम्हाल्ने क्रममा देखिएका चुनौतीहरूबारे सार्वजनिक रूपमा धारणा राख्दै मन्त्रीले अर्थ मन्त्रालयको सहयोग अभावप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्।

स्वास्थ्य मन्त्री सुधा गौतम शर्माले आफ्नो करिब पाँच महिनाको कार्यकाल समापनका अवसरमा आयोजित कार्यक्रममा सरकारी अस्पतालहरू वित्तीय अभावका कारण दबाबमा परेको उल्लेख गर्दै आवश्यक बजेट उपलब्ध गराउन नसकिएकोप्रति चिन्ता व्यक्त गरिन्।

उनका अनुसार अस्पतालहरूको आधारभूत सेवा सञ्चालनका लागि मन्त्रालयले करिब सात अर्ब रुपैयाँ माग गरे पनि अर्थ मन्त्रालयबाट एक अर्ब रुपैयाँ मात्र विनियोजन भएको थियो। बाँकी रकम निर्वाचनपछि उपलब्ध गराउने आश्वासन दिइए पनि सोअनुसार प्रगति नभएको उनले बताइन्।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील सेवामा आवश्यक स्रोत अभाव हुँदा सेवा प्रवाहमा असर परेको उल्लेख गर्दै मन्त्री शर्माले बजेट व्यवस्थापनमा अपेक्षित प्राथमिकता नदिइएको टिप्पणी गरिन्।

यस अवधिमा स्वास्थ्य बीमा क्षेत्रमा देखिएका दीर्घकालीन समस्याहरू पहिचान गरी सुधारका पहल सुरु गरिएको पनि उनले जानकारी दिइन्। मन्त्रालयअन्तर्गतका विभिन्न कार्यक्रम समायोजन गरेर करिब ७५ करोड रुपैयाँ बीमा क्षेत्रमा व्यवस्थापन गरिएको बताइएको छ।

त्यसैगरी औषधि खरिद प्रक्रियामा पारदर्शिता अभिवृद्धि, औषधि व्यवस्था विभाग को सुदृढीकरण, राष्ट्रिय औषधि प्रयोगशालाको भौतिक पूर्वाधार विस्तार तथा मन्त्रालयभित्र औषधि मामिला हेर्ने संरचना स्थापना गर्ने तयारी गरिएको उल्लेख छ।

मन्त्री शर्माले मानसिक स्वास्थ्य, वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य तथा उच्च जोखिमयुक्त प्रदेशहरूमा मातृ-शिशु स्वास्थ्य सेवामा प्राथमिकता दिँदै काम गरिएको जानकारी दिइन्।

बिदाइका क्रममा उनले आगामी नेतृत्वलाई निर्णय प्रक्रियामा तीव्रता ल्याउने, प्रशासनिक प्रक्रिया सरलीकरण गर्ने, परिणाममुखी कार्यशैली अपनाउने र जवाफदेहिता मजबुत बनाउने लगायतका सुझाव पनि प्रस्तुत गरिन्।

साथै, सातै प्रदेशको भ्रमणमार्फत प्रगति मुल्यांकन गरिसकेको र कार्यकालसम्बन्धी विस्तृत प्रतिवेदन सुझावसहित आगामी सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको उनले जानकारी दिइन्।