काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पद (अप्राविधिक) को लिखित परीक्षाको लागि परीक्षा कार्यक्रम निर्धारण गरेको छ ।
आयोगले आज एक सूचना जारी गरी वि.नं. १६६६४-१६६९१/०८२-८३ (आ.प्र./खुला/समावेशी), रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पद (अप्राविधिक)को परीक्षा कार्यक्रम निर्धारण गरिएको जनाएको हो ।








