काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको अवलोकन गरेका छन् ।
बुधबार दिउँसो केसीले सिंहदरबारस्थित संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको अवलोकन गरेका हुन् ।
अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद् लोकतन्त्रको मूल आधार भएको बताए । उनले संसद्बाट आउने विभिन्न विचारहरूको संयोजन गरेर साझा निष्कर्ष निकाल्नुपर्ने भन्दै आफू सक्रिय रूपमा भूमिका खेल्ने बताए।
यसअघि बुधबार नै उहाँले ज्येष्ठ सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।







