२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

अ+ अ-

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ मनाइँदै छ। मिथिला क्षेत्रका मठ, धार्मिक कार्यक्रम र देवालयहरूमा विशेष धार्मिक कार्यक्रम प्रारम्भ भएका छन् । 

विशेषगरी रामानुज सम्प्रदायका मठमन्दिरमा निरन्तर रामनाम संकीर्तन तथा रामलीला मञ्चन भएका भने गाउँसहरमा रामभजन गुन्जिरहेका छन् ।

“श्रीराम आराध्यदेव मात्र होइन, मिथिलाका ज्वाइँका रूपमा पूजित हुनुहुन्छ,” लक्ष्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्णवले भने, “यसकारण पनि रामनवमी मिथिलाको विशिष्ट पर्व  हो ।” 

मिथिलाञ्चलका रामजानकी मन्दिरहरूमा रामायण, श्रीमद्भागवत महापुराण तथा सुन्दरकाण्ड पाठ भइरहेको छ । श्रद्धालुहरू व्रत पनि बसेका छन् । भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार विशेष महत्वको मानिने महन्थ वैष्णवले बताए। 

 मिथिलामा श्रीरामको आगमन, सीता स्वयंवर, विवाह तथा त्यसपछिका विभिन्न क्षेत्रको परिभ्रमणसम्बन्धी कथाहरूले पनि यस पर्वलाई यहाँ विशेष बनाएको उनको कथन छ ।