काठमाडौँ । काठमाडौँका तत्कालीन जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । उनी जेन जेड आन्दोलनको बेला काठमाडौँकोप्रमुख जिल्ला अधिकारी थिए ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनमा दमन गरेको आरोप छ ।







