२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपदमा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपदमा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्। आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भएको छलफलमा गृहमन्त्री गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिएका हुन्। 

उनले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले आफ्नो ज्यानको प्रवाह नगरी नागरिकको उद्धारमा खटिएकामा धन्यवाद समेत व्यक्त गरेको सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

सो क्रममा गृहमन्त्री गुरुङले आम नागरिकको जीउ ज्यानभन्दा ठूलो पैसा नभएको उल्लेख गर्दै आपत् विपदमा परेका नागरिकको सेवा सुरक्षा गर्नका लागि नेपाल सरकार, गृह मन्त्रालयलगायत सुरक्षाकर्मीहरू तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन्।  

गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् सुरु हुनु पूर्व नै तयारी अवस्थामा रहन निर्देशन दिनुका साथै सशस्त्र प्रहरी बल नेपालको जनशक्ति अब ब्यारेकमा नभएर मैदानमा हुनुपर्ने बताएका छन् ।