काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित तीन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठलाई घुस/रिसवत लिएको आरोपमा नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार, तीनैजनाले भोजपुर जिल्ला, टेम्केमैयुङ गाउँपालिका वडा नं. ५, खावास्थित पशुपति माध्यमिक विद्यालयको भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रियामा सेवाग्राहीसँग रु. ८५ हजार घुस मागो थिए।
अख्तियार आयोगको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट, लेखा अधिकृत ईन्द्र बहादुर कार्की र सब(इन्जिनियर रविन श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरूको साथबाट उल्लिखित रकम, तीन वटा मोबाइल र सम्बन्धित कागजातहरू बरामद गरिएको छ। आयोगले थप अनुसन्धानको प्रक्रिया अघि बढाइरहेको छ।








