२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैरकानुनी कार्यप्रति सरकार सचेत हुनुपर्नेमा राष्ट्रिय सभा सांसदहरूको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारका कामकारबाही कानूनसम्मत र प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिँदै गैरकानुनी गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विभिन्न दलका सांसदहरूले सरकारका केही निर्णय र कारबाहीप्रति प्रश्न उठाउँदै प्रमाणबिनाका पक्राउ तथा मुद्दा दायर गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका हुन्।

सोनाम ग्याल्जेन शेर्पाले लोकप्रियता हासिल गर्ने उद्देश्यले कानूनको सीमाभन्दा बाहिर गएर गरिने कारबाही उचित नहुने उल्लेख गरे। उनले नागरिकको प्रतिक्रिया मात्रलाई आधार बनाएर कारबाही गर्ने प्रवृत्ति बढ्न नहुनेतर्फ सरकारलाई सचेत गराए।

यसैगरी, ललितजंग शाहीले राष्ट्रिय गौरवका आयोजनाहरू लामो समयसम्म अलपत्र परेको विषयमा ध्यानाकर्षण गराउँदै ती आयोजनालाई अघि बढाउन नीतिगत अवरोधहरू हटाउनुपर्ने बताए। उनले संसदीय समितिहरूले प्रभावकारी अनुगमन गर्दै सरकारलाई आवश्यक सुझाव दिनुपर्नेमा जोड दिए।

बैठकमा सहभागी सांसदहरूले विकास निर्माणका कार्यलाई परिणाममुखी बनाउन संसदीय समितिको भूमिकालाई सक्रिय बनाउँदै सरकारलाई नीतिगत मार्गदर्शन प्रदान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।