२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार रुपैयाँ बरामद

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले स्रोत नखुलेको रु. पाँच लाख २२ हजार ४९० रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बेलबिछवाबाट खटिएको सीमा गस्ती टोलीले रौतहटको राजदेवी नगरपालिका-८ बाट स्रोत नखुलेको रकमसहित भारतको विहार राज्य सितामढीका नजिर नटको साथबाट रु. तीन लाख २२ हजार र सर्लाही जिल्ला स्थायी घर भएका मुम्ताज अन्सारीको साथबाट रु दुई लाख ४९० सहित पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौरका गुल्मपती एवं सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर विष्टले दुवै जानको साथबाट बरामद गरिएको रकम गौर भन्सार कार्यालयमा बुझाएर आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिए । 

सशस्त्र प्रहरीले निजहरू सवार रहेको विआर ०६ए ६२९२ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटरका गणपति रामहरि अधिकारीले सशस्त्र प्रहरीले पछिल्ला दिनमा सीमा क्षेत्रमा सक्रियता बढाएसँगै अवैध सरसमान बरामद हुने क्रम बढेको बताए ।

सशस्त्र प्रहरीले आजै रौतहटका विभिन्न स्थानबाट अवैध भारतीय ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ । सशस्त्र प्रहरीले जिल्लाको परोहा नगरपालिकामा नरकटिया सीमा इलाकामा सानो सीमा स्तम्भ नं ३५५/२ अन्तर्गत भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध भारतीय ब्रोइलर कुखुरा ५४ थान नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको जनाएको छ ।

0 Comments