काठमाडौँ । तीन जना इन्जिनियरको सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिभिल इन्जिनियरिङ समूहका तीन इन्जिनियरको सरुवा गरेको हो।
जसअनुसार डबलबहादुर तामाङ, हिरालाल मण्डल र संजयकुमार चौधरीलाई क्रमशः जिल्ला समन्वय समिति खोटाङ, मुस्ताङ र बाजुरामा सरुवा गरिएको छ।







