२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा १८ प्रतिशत आमाले पूर्ण रूपमा स्तनपान नगराउने विवरण सार्वजनिक 

अ+ अ-

काठमाडौँ । गोरखामा ८२ प्रतिशत आमाले मात्र पूर्ण स्तनपान (जन्मेको छ महिनासम्म आमाको दूध मात्र खुवाउने) गराउने गरेको विवरण सार्वजनिक गरिएको छ । 

यस्तै, प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लाका १८ प्रतिशत आमाहरूले शिशुलाई पूर्ण स्तनपान नगराएको पाइएको हो ।

शिक्षित र आर्थिक रूपमा सबल मानिएका परिवारका आमाले नै पूर्ण स्तनपान नगराएको पाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताए ।

“शिक्षित र जागिरे आमाहरूले नै पूर्ण स्तनपान नगराएको देखिन्छ”, उनले भने, “व्यस्तताका कारण बच्चालाई बजारमा पाइने ल्याक्टोजेन दूध खुवाउन बाध्य भएको देखिन्छ ।”

सरकारले महिलालाई तीन महिना सुत्केरी बिदा दिने गरेको छ, जसका कारण जागिरे महिलाहरूले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउन नसकेको बताउने गरेका छन् । खड्काले भने, “आर्थिक अवस्था कमजोर भएका परिवारका महिलामा धेरै समस्या छैन । आर्थिक रूपमा सबल परिवारले बजारमा पाइने बट्टाको दूधमा जोड दिन्छन् । यो जागिरलगायत कारणले पनि हुनसक्छ ।” 

प्रदेश अस्पताल गोरखाका बाल रोग विशेषज्ञ डा. प्रकाश शर्माले बजारमा पाइने बट्टाको दूध बालबालिकाको शारीरिक र मानसिक विकासका लागि हानिकारक रहेको बताए । पूर्ण स्तनपान गराउनाले बच्चासँगै आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । 

“पूर्ण स्तनपान गराएमा सुत्केरी आमाको शरीर पुनः स्वस्थ हुँदै जान्छ । पूर्ण स्तनपान गराउँदा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै एन्डिबडीको पनि विकास हुन्छ”, डा शर्माले भने,“पूर्ण स्तनपानले स्तन क्यान्सर जस्तो घातक रोग रोकथाम गर्न सकिन्छ । बालबालिकामा कम तौलको समस्या पनि रोकथाम हुन्छ ।” 

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको तथ्यांक अनुसार यहाँ नौ प्रतिशत बालबालिकाहरू कम तौलका छन् । 

नेपालमा एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या ५५ प्रतिशत, छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गराउनको सङ्ख्या ९४ प्रतिशत रहेको जनस्वास्थ्य अधिकृत खड्काले बताए । 

जन्मेको एक घण्टाभित्र स्तनपान निकै लाभदायी मानिन्छ । यस्तै, छ महिनासम्म पूर्ण र छ महिनापछि पूरक आहारसहित दुई वर्षसम्म नियमित स्तनपान गराउनुपर्ने हुन्छ । यी तीन व्यवहार अपनाइँदा नवजात शिशु मृत्युदरमा २० प्रतिशत कमी आउने जानकारहरूले बताउने गरेका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालयले बट्टाको दूधको प्रयोग निरुत्साहित गर्न आमाको दूधसम्बन्धी महत्त्व बुझाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । अब स्तनपान परामर्शदाता तालिम दिने तयारी भइरहेको कार्यालय प्रमुख सिम्रन काफ्लेले जानकारी दिइन् । 

0 Comments