२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

अ+ अ-

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यति बेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।

मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसे मैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले जो कोहीको मनलाई मोहित बनाउने गरेको छ ।

खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु भएको मुन्दुम ट्रेल आसपासका वनमा फुलेका लालीगुराँस, चिमाल तथा चाँप हेर्न यति बेला आन्तरिक तथा बाह्य पर्यटक मुन्दुम ट्रेल आउने गरेको स्थानीयले बताएका छन् ।

हालै मात्र मुन्दुम ट्रेलको पदयात्रा पूरा गर्नुभएका हिँड्ने मान्छे उपनामले चिनिनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका ओजनबाबु आचार्य नेतृत्वको टोलीले उक्त क्षेत्र निकै मनोहक रहेको बताएको छ ।

उक्त टोलीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका लालबहादुर मगर ‘एलबी’, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका सञ्जिव राई र साकेला गाउँपालिका–३ खिदिमाका सन्जित राई सहभागी थिए । मुन्दुम ट्रेलको चार दिने यात्रा पूरा गरेर फर्किएको टोलीले सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा राखेका विभिन्न रङ र प्रजातिका गुराँसका तस्बिर अहिले धेरैको रोजाइमा परेको छ ।

हिँड्ने मान्छेको टोलीले खिचेर सार्वजनिक गरेका गुराँसका तस्बिरहरू जिल्लाका प्रकृति प्रेमीले आफ्नो फेसबुकमा राख्दै मुन्दुम ट्रेलको वर्णन गरिरहेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरका प्रभावले झनै गुराँस अवलोकन गर्नका लागि मुन्दुम ट्रेल जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

मुन्दुम ट्रेल प्रकृतिको अनुपम उपहार भएकाले हरेक वर्ष कम्तिमा पनि दुई पटक वसन्त र शरद् ऋतुमा यात्रा गर्न जाने गरेको हिँड्ने मान्छेले बताएका छन् । “मुन्दुम ट्रेलमा यति बेला विभिन्न रङ तथा प्रजातिका गुराँस ढकमक्क भएर फुलेका हुन्छन् । अन्य ठाउँमा पाखामा गुराँस फुलेको पाइन्छ । तर, यहाँ घाँसै मैदानमै ढकमक्क भएर गुराँस फुलेको भेटिन्छ”, उनले भने, “शरद ऋतुमा लेकाली फूलहरू फुल्छन् । मुन्दुम ट्रेल प्रकृति प्रेमीका लागि अनुपम उपहार हो । मुन्दुम ट्रेलमा ठूल्ठूला घाँसे मैदान छन् । त्यो अवलोकन गर्दा स्वर्गीय आनन्द आउँछ ।”

प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको अद्वितीय सङ्गमका रूपमा स्थापित मुन्दुम ट्रेल क्षेत्र यति बेला गुराँसले ढकमक्क ढाकिँदै झन् रमणीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । मुन्दुम ट्रेल आसपासका क्षेत्रमा पर्ने मैयुङका फाँटमा विभिन्न १८ प्रजातिका गुराँस पहिचान भएको र अझै यकिन तथ्याङ्क आउन बाँकी रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

कामको थकान मेटाउन र प्रकृतिसँग रम्न फुर्सदको समय निल्ने बित्तिकै मुन्दुम ट्रेलमा जाने गरेको एलबी मगरले बताएका छन् । “मुन्दुम ट्रेल जाँदा प्रकृतिसँग रम्न पाउनुका साथै चौँरीको दूध आफैँले तताएर खान पाइन्छ । त्यहाँका घाँसे मैदानमा पालिएका घोडासमेत चढ्न पाइन्छ”, उनले भने, “यस पटकको मुन्दुम ट्रेलको यात्रा झनै अविस्मरणीय रह्यो । त्यति धेरै रङ र प्रजातिका गुराँस पहिलो पटक प्रत्यक्ष अवलोकन गर्न पाउँदा आनन्दित महसुस भएको छ ।”

वसन्त ऋतु सुरु भएसँगै आसपासका स्थानीय बासिन्दाले भेडा, चौँरी र घोडा चरणका लागि मुन्दुम ट्रेल आसपासका घाँसे मैदानमा लाने गरेका छन् । मुन्दुम ट्रेल आसपासमा पर्ने मैयुङ, मेरुङ र धोद्रे क्षेत्रमा रहेका घाँसे मैदान भेँडापालनका लागि उपयुक्त ठाउँ भएकाले दर्जनौँ भेँडी चोक तथा चौँरीको गोठ हुने गरेको केपिलासगढी गाउँपालिका–१ फेदीका भेँडापालक लक्ष्मण साम्पाङ ‘समीप’ले बताएका छन् ।

पूर्वीपहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किराँत समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । खोटाङ र भोजपुरको सीमामा पर्ने मुन्दुम ट्रेल तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुंगिन्छ ।

पहाडैपहाडको चुचुरामा निर्माण गरिएको मुन्दुम ट्रेल पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने गरेको छ । वसन्त ऋतुमा हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि ढकमक्क फुलेका गुराँस अवलोकन गर्दै यात्रा गर्दा थकानको महसुससमेत नहुने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिएका छन् ।

ठूल्ठूला घाँसे मैदान, फराकिला चौँरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । पदमार्गमा अधिकांश किराँत समुदायका बस्तीहरू रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले यो पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो ।

मैयुङको हाँस पोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, थार, भिरमौरी तथा विभिन्न प्रजातिका जङ्गली जनावरसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । डेढ दर्जनभन्दा बढी प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।

मानव बस्ती कम पाइने मुन्दुम ट्रेलमा पर्यटकको चहलपहल बढेसँगै उनीहरूका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागत रूपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठ–स्टे (गोठवास)को व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् ।

0 Comments