२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी-गण्डकीबीच पर्यटन सहकार्य विस्तारबारे छलफल, हवाई सम्पर्क र माउन्टेन फ्लाइट सम्भावना अघि सारियो

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश र गण्डकी प्रदेशबीच पर्यटन क्षेत्रलाई केन्द्रमा राख्दै आपसी सहकार्य विस्तार गर्ने विषयमा दुई प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ।

आज विराटनगरमा भएको भेटमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे सहभागी थिए। 

छलफलमा दुई प्रदेशबीच आर्थिक तथा पर्यटन विकासका सम्भावित सहकार्यका विषयमा विस्तृत विचार विमर्श गरिएको जनाइएको छ।

बैठकमा विशेष गरी विराटनगर-पोखरा हवाई सेवा सञ्चालन गर्ने सम्भावना र पोखरा आउने पर्यटकलाई कोशी प्रदेशका हिमाली क्षेत्रको दृश्यावलोकनका लागि माउन्टेन फ्लाइट सञ्चालन गर्ने विषयमा प्रारम्भिक पहलबारे चर्चा भएको छ।

दुवै पक्षले पर्यटन क्षेत्रलाई प्रदेशीय विकासको महत्वपूर्ण आधारका रूपमा लिँदै आपसी सहकार्यबाट समृद्धिका नयाँ अवसर सिर्जना गर्न सकिने निष्कर्ष निकालेका छन्।

कोशी प्रदेश मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीवनकुमार कार्कीका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे व्यक्तिगत भ्रमणका क्रममा विराटनगर आएका हुन्।

0 Comments