२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीको अभिव्यक्तिले सत्ता संरचनाको वैचारिक स्वरूप प्रष्टिएको महेश बस्नेतको टिप्पणी

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको अभिव्यक्तिले वर्तमान सरकारको राजनीतिक तथा वैचारिक दिशा स्पष्ट रूपमा उजागर गरेको दाबी गरेका छन्।

उनका अनुसार अर्थमन्त्रीले “हामी कम्युनिस्ट होइनौँ” भन्ने टिप्पणीमार्फत सरकारको वैचारिक पहिचान र राजनीतिक धारबारे थप स्पष्टता आएको हो। बस्नेतले यसलाई सरकारको चरित्र सार्वजनिक रूपमा प्रकट हुने संकेतका रूपमा व्याख्या गरेका छन्।

उनले सरकार गठन भएयता संविधानको मर्ममाथि असर पार्ने, कानुनी संरचनामा हस्तक्षेप गर्ने, न्यायपालिकालाई दबाबमा पार्ने तथा संसदीय प्रणालीलाई कमजोर बनाउने खालका गतिविधि बढ्दै गएको आरोपसमेत लगाए।

त्यसैगरी, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीको संसद्‌भित्रको व्यवहारले सरकारको कार्यशैली, सोच र राजनीतिक संस्कार झन् प्रस्ट भएको उनको भनाइ छ।

बस्नेतले वर्तमान नीतिगत अभ्यासप्रति आलोचना गर्दै गरिब, श्रमिक, सुकुम्वासी, दलित, विद्यार्थी, शिक्षक तथा मजदुर वर्गमाथि निरन्तर दबाब सिर्जना भइरहेको टिप्पणी गरेका छन्। उनका अनुसार जनताका समस्या उपेक्षा गर्ने, विकासभन्दा विस्थापनलाई प्राथमिकता दिने र अधिकारका मागप्रति दमनात्मक दृष्टिकोण अपनाउने प्रवृत्ति कुनै पनि कम्युनिस्ट चरित्रसँग मेल नखाने उनको जिकिर छ।

उनले कम्युनिस्ट विचारधाराको मूल मर्म श्रमको सम्मान, उत्पीडित वर्गको पक्षधरता र जनअधिकारको संरक्षण भएको उल्लेख गर्दै वर्तमान अभ्यास त्यस विपरीत देखिएको टिप्पणी गरे।

यसै क्रममा उनले राज्य संयन्त्रलाई प्रतिशोधात्मक रूपमा प्रयोग गरिएको, युवाको भविष्य अनिश्चित बनाइएको तथा श्रमिक आवाज दबाइएको आरोप पनि दोहोर्‍याए।

बस्नेतले आफूलाई लिबरल डेमोक्रेट भनेर चिनाउने पक्षहरूले समेत लोकतान्त्रिक मूल्य र मान्यता विपरीत व्यवहार प्रदर्शन गरिरहेको आरोपसमेत सार्वजनिक गरेका छन्।

0 Comments