काठमाडौँ । महोत्तरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
लोहरपट्टी नगरपालिका–४ गेउरका खोलामा डुबेर ११ वर्षीय सिद्धार्थ मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।







